चिकित्सकमाथि भएको आक्रमण र स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको विरोधमा नेपाल चिकित्सक संघ भेरी शाखाले मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापन पत्र बुझाएको छ ।
गत शनिवार वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक र स्वास्थ्यकर्मीमाथि माथि देशभरका चिकित्सक आन्दोलित छन् । त्यसक्रममा बाँकेमा पनि प्रशासनलाई ज्ञापन पत्र बुझाइएको शाखा सचिव डा. प्रचण्ड गौतमले जानकारी दिए । ‘स्वास्थ्यकर्मीको सुरक्षा र दोषीलाई कारवाही माग गरेका छौं’, उनले भने ।
‘
नेपाल चिकित्सक संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै साउन १३ गते देशभरका सरकारी, निजी तथा गैरसरकारी अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा स्थगित गर्ने निर्णय सार्वजनिक गरेको थियो । संघका अनुसार, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामाथि पटक–पटक आक्रमण भइरहेकाले विरोधस्वरूप आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । ‘हामी केन्द्रको निर्देशनमा बाँके जिल्लाका सबै स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलित भएका छौं,’ संघका भेरी सचिव डा. प्रचण्ड गौतमले दैनिक नेपालगन्जसँग भने, ‘ओपीडी सेवा बन्द भएको छ ।’




























